तिलोत्तमा । निजी तथा आवसिय विद्यालय अर्गनाइजेशन प्याब्सन रुपन्देहीको प्रथम बैठक सम्पन्न भएको छ । प्याब्सन रुपन्देहीको सभाहलमा आयोजित बैठकले प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष अनन्तराम शर्मालाई नियुक्त गर्नुका साथै विभिन्न निर्णयहरु समेत गरेको छ ।
प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षतामा बसेको बैठकले डा दामोदर भुषाल, बाबुराम खनाल, गँभीर गुरुङ तथा एकनाराण काफ्ले लगायतलाई सल्लाहकारमा नियुक्त गरेको छ । प्याब्सन रुपन्देहीको प्रेस सल्लहकारमा पत्रकार प्रकाश पाण्डे तथा कानुनी सल्लहकारमा गोविन्द मरासिनीलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया