बुटवल । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । उद्योगी व्यवसायीका लागि जर्मन सहयोग र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उर्जा दक्षता कार्यक्रम अन्तरगत बुटवल उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग प्रतिष्ठानमा उर्जा दक्षता मापनले त्यसको सुधारमा सघाउ पुर्याउने बताए । उनले उद्योग प्रतिष्ठानको स्वास्थ्य जाँच पनि भएकाले उर्जा खपत गर्ने मात्रै नभई उत्पादन लागत घटाउन र प्रतिस्पर्धी बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया