बुटवल । बुटवल सुनचाँदी ब्यवसायी संघको सम्पन्न चौथो र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । बुटवलमा आयोजित पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता गोमति सुनारले पदको सपथ गराए ।
अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक कुमार विकले प्रमाणपत्र प्रदान गरे । पुष २९ गते सम्पन्न अधिवेशनबाट संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको थियो । गकुल विश्वकर्माको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको थियो ।
प्रतिक्रिया