बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही आएका छन् ।
लामिछाने विमानस्थल हुँदै भैरहवा आएका हुन् । भैरहवामा उनी देवकोटा चोकस्थित एक होटलमा बस्ने र बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए ।
रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही आएका हुन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने मंगलबार रुपन्देही आएका हुन् ।
सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया