ताजा अपडेट »

प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित

मंगलबार, ०८ माघ २०८१, १५ : ४०
22 Shares
मंगलबार, ०८ माघ २०८१
22 Shares

कैलाली । प्रधानमन्त्री कप टी–२०  महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोर नजिक पुगेको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरू हुँदा खेल २० ओभरबाट सात मा झारिएको थियो ।

बबलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याच समेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई लिइन् ।  

आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्याे । उसका लागि सम्झना खड्काले अविजित ३२  रनको पारी खेलिन् ।

यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा नौ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही रु २५ हजार पुरस्कार दिइनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।