वासिङ्टन डीसी । सरकारी नीतिमा आफ्नो छाप छोड्न चाहने कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि कार्यकारी आदेश एउटा महत्त्वपूर्ण अस्त्र हो । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै समय समय खेर फाल्न चाहँदैनन् ।
राष्ट्रपति बनेयता उनले लगभग २०० कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसमा कानुनी रूपमा बाध्यकारी आदेशहरू र सामान्यतया बाध्यकारी नभएका केही घोषणाहरू समावेश छन् ।
शपथ लिनुअघि नै ट्रम्पले कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित कार्यक्रमलाई प्रवर्द्धन गर्ने, सरकारी दक्षता विभाग गठन गर्ने, १९६३ मा जोन एफ। केनेडीको हत्यासँग सम्बन्धित रेकर्डहरू सार्वजनिक गर्ने र आइरन डोम मिसाइलहरू दिने वाचा गरेका थिए । यो बाहेक पनि सेनालाई डिफेन्स शिल्ड सिर्जना गर्ने आदेश दिने र सेनाबाट विविधता, समानता र समावेशीकरण ९डीआई० नीति हटाउने पनि भनेका थिए ।
आफ्नो प्रारम्भिक कार्यकारी आदेशमा ट्रम्पले आप्रवासन, टिकटक र घरबाट काम गर्ने सम्बन्धमा प्रमुख निर्णयहरू लिएका छन् । आफ्नो अघिल्लो कार्यकालमा ट्रम्पले लगभग २२० कार्यकारी आदेशहरू जारी गरेका थिए । यीमध्ये केहीलाई अदालतमा चुनौती दिइएको थियो ।
के हो कार्यकारी आदेश ?
राष्ट्रपतिले सङ्घीय सरकारलाई जारी गरेको लिखित आदेश कार्यकारी आदेश । जसलाई कांग्रेसको स्वीकृतिको आवश्यकता पर्दैन । यी आदेशहरू नीति उल्टाउनेदेखि लिएर कुनै पनि साधारण सरकारी कामसम्म हुन सक्छन् ।
२०१७ मा दुई विवादास्पद तेल पाइपलाइन निर्माणको लागि ट्रम्पको स्वीकृति र त्यसभन्दा पहिले, २०१५ मा क्रिसमसको पूर्वसन्ध्यामा सरकारी विभागहरूको लागि आधा दिनको बिदाको लागि बराक ओबामाको निर्देशन यसका केही उदाहरण हुन् । कार्यकारी आदेश जारी गर्ने अधिकार अमेरिकी संविधानको धारा दुईमा दिइएको छ । ‘कार्यकारी शक्ति राष्ट्रपतिमा निहित हुनेछ ।’यस धारामा भनिएको छ ।
किन कार्यकारी आदेश जारी गर्छन् राष्ट्रपति ?
कहिलेकाहीँ यी आदेशहरू युद्धको समयमा वा घरेलु स्तरमा सङ्कटबाट बच्न दिइन्छ । १९४२ को फेब्रुअरीमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी। रुजवेल्टले लगभग १ लाख २० हजार जापानी–९अमेरिकीहरूका लागि हिरासत केन्द्रहरू सिर्जना गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
१९५२ मा राष्ट्रपति ह्यारी ट्रूम्यानले हडतालबाट बच्न स्टील उद्योगलाई सरकारी नियन्त्रणमा ल्याउने आदेश जारी गरेका थिए । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले औपचारिक रूपमा अमेरिकालाई यस सम्झौताबाट अलग्याएका थिए । २०२१ को जनवरी २० मा राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दिनमा बाइडेनले पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने प्रक्रिया सुरु गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
कार्यकारी आदेशलाई उल्टाउन सकिन्छ ?
कार्यकारी आदेशले पनि कानुनको दायरा भित्र काम गर्नुपर्छ । सिद्धान्ततः प्रत्येक त्यस्तो आदेशको वैधता र ढाँचा कानुनी सल्लाह कार्यालयद्वारा समीक्षा गरिन्छ । तर, सधैँ यस्तो हुँदैन । कुनै आदेश स्वीकार्य सीमाभन्दा बाहिर रहेको ठानियो भने यो कानुनी समीक्षाको विषय हुन सक्छ । अमेरिकी कांग्रेसले कार्यकारी आदेश खारेज गर्न कानुन पनि पारित गर्न सक्छ । तर राष्ट्रपतिसँग यो कानुनमाथि भिटो लगाउने अधिकार पनि हुन्छ ।-एजेन्सी
प्रतिक्रिया