ताजा अपडेट »

मोटरसाइकल दुर्घटनाः आमा–छोराको मृत्यु

मंगलबार, ०८ माघ २०८१, १३ : ०५
452 Shares
मंगलबार, ०८ माघ २०८१
452 Shares

तनहुँ । तनहुँमा आज (सोमबार) एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । 

उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।