ताजा अपडेट »

नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै

मंगलबार, ०८ माघ २०८१, १२ : ११
46 Shares
मंगलबार, ०८ माघ २०८१
46 Shares

बाँके । उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने भएको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) बाँकेको सहकार्यमा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्ज–१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव गर्ने तयारी गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले जानकारी दिए । 

‘उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार सूचना प्रविधि र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कलासंस्कृतिको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव आयोजना गरिएको छ”, अध्यक्ष धामीले भने, “महोत्सव करिब तीन लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।” 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले २०५६ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवमा विभिन्न तीन सय ५० स्टल राखिने सङ्घका महासचिव भीम रानाभाटले जानकारी दिए । उनका अनुसार, महोत्सवमा स्वदेशमा उत्पादित वस्तुहरू, राष्ट्रियस्तरको जडीबुटी प्रदर्शनी, हस्तकला, कृषि, पर्यटन, सूचना तथा विज्ञान प्रविधि, अटो मोबाइल्स तथा मित्रराष्ट्रका विभिन्न उद्यमशाला तथा उद्योगको प्रदर्शनी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उद्योगी, व्यवसायीहरूको समेत स्टल रहनेछन् । 

त्यसैगरी, महोत्सवमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घ (क्यान) बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।