टेक्सस । टेक्ससको युलेसमा निर्माणाधिन वहुआयामिक महत्वको पशुपतिनाथ मन्दिर तथा बौद्व स्तुपाका लागि व्यवसायी नरेश राज पाण्डेले एक लाख ११ हजार अमेरिकी डलर सहयोग गरेका छन् ।
वाल अफ अनर हुने क्रममा पाण्डेले यसअघि दान गरेको राशीमा थप दान रकम थप्दैं एक लाख ११ हजार अमेरिकी डलर पुर्याएका हुन् । सो रकम दान गर्दैै वाल अफ अनर बन्ने पाण्डे दोस्रो सहयोगी हुन् ।
यसअघि, अर्का व्यवसायी शैलेन्द्र मानन्धर एक लाख बढी रकम दान गरी वाल अफ अनर बनिसकेका छन् । यहाँको नेपाली समुदाय सामुदायिक केन्द्र सहीत नमुना पशुपतिनाथ मन्दिर तथा बौद्व स्तुपा निर्माणमा जुटेको छ ।
सबैको सहयोग रहे परियोजना छिट्टैं पुरा हुने विश्वास मन्दिरको बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा। प्रेम अधिकारीले बताए ।
प्रतिक्रिया