टेक्सस । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले छिट्टैं सरकार परिवर्तन हुने दावी गरेका छन् ।
अहिलेको सरकारको गठन प्रक्रियानै सहज ढंगवाट नभएको बताउँदैं नेता पराजुलीले सरकार परिवर्तन निश्चित रहेको दावी गरे । शनिवार अमेरिकाको टेक्सस राज्यको युलेसमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दैं नेता पराजुलीले देशको चौथो ठूलो दल भएको नाताले यो सरकारलाई विस्थापन गर्ने अर्को सरकार निर्माणमा भूमिका खेल्ने स्पष्ट पारे ।
अव बन्ने सरकारमा रास्वपा जाने वा नजाने भन्ने सम्बन्धमा निर्णय भैनसकेपनि यो सरकार परिवर्तन हुनुपर्ने पक्षमा रास्वपा रहेको र यसका लागि रास्वपाले सहयोगी भूमिका निभाउने समेत नेता पराजुलीले प्रष्ट पारे । नेता पराजुलीको उपस्थितिमा अमेरिकाको टेक्ससमा राज्य स्तरीय रास्वपाको प्रवास कमिटि समेत गठन भएको छ ।
रविन पाठकको संयोजकत्वमा राज्य कमिटि गठन भएको हो ।
प्रतिक्रिया