ताजा अपडेट »
अमेरीकी राष्ट्रपतिकाे सपथ

४७ औँ  राष्ट्रपतिका रूपमा ट्रम्पले लिए शपथ, अमेरिकामा ट्रम्प युगको सुरुवात

मंगलबार, ०८ माघ २०८१, ०१ : ०३
18 Shares
मंगलबार, ०८ माघ २०८१
18 Shares

डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा  शपथ लिएका छन्।  ४० वर्षमा पहिलोपटक भित्रपट्टि शपथ समारोह आयोजना भएको छ। जहाँ करिब ८०० पाहुना मात्र उपस्थित भएको बताइएको छ। यद्यपि बाहिर अत्यधिक ठण्डीका बाबजुद ट्रम्प समर्थकको ठूलो भीड जम्मा भएको छ।

ट्रम्पले अब्राहम लिंकनको बाइबल र आफ्नो पारिवारिक बाइबल समेत गरी दुईवटा बाइबल छोएर उनले शपथ लिएका थिए।  ट्रम्पभन्दा अगाडि उपराष्ट्रपति जेडी भान्सले शपथ लिएका थिए।  शपथ समारोहमा पूर्वराष्ट्रपतिहरूको लामाे लर्को पनि लागेको छ। ११ दिनअघि जिम्मी कार्टरको अन्तिम बिदाइमा भेला भएका बुस, क्लिन्टन र ओबामा समेत  सपथ समाराेहमा भेला भएका छन्। तर, मिसेल ओबामा भने उपस्थिति भइनन्।

09_wgWaCPJdda

अर्जेन्टिनी राष्ट्रपति हावियर मिलेइ र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी अतिथिदीर्घामा उपस्थित छन्। त्यस्तै ट्रम्पका मन्त्रीहरू पनि सो समारोहमा सहभागी भएका छन्। त्यस्तै सर्वोच्च अदालतका ९ जनै न्यायाधीश पनि उपस्थित छन्।  सपथमा ट्रम्पका सन्तानहरू इभान्का, डोनाल्ड ट्रम्प जुनियर, टिफानी, एरिक र ब्यारोन पनि उपस्थित छन्।

त्यसका अलावा ट्रम्पलाई चुनाव जिताउन मेहनत गरेका इलोन मस्क, उनले चुनाव जितिसकेपछि निकट बनेका अर्बपति तथा ठूला कम्पनीका अगुवाहरू मार्क जकरबर्ग, टिम कुक, जेफ बेजोसलगायत पनि समाराेहमा उपस्थित छन्। ट्रम्पका मन्त्रीहरूले भन्दा यी प्रविधि कम्पनीका सीईओहरूले गतिलो सिट पाएको चर्चा पनि  चलेकाे छ। 

346_OE5Lg7ztoO

सुरक्षाका लागि राजधानी डीसीवरपरको उडान ढिला गरिएको छ।  त्यसअघि ट्रम्प दम्पतीलाई बाइडेन दम्पतीले ह्वाइट हाउसमा स्वागत गरेको थियो। जहाँ उनीहरूबीच निजी भेट भएको बताइएको छ। बाइडेनले ट्रम्पका लागि चिठी पनि छाडेको बताएका छन्।  बाइडेनले ह्वाइट हाउस छाड्नुअघि आफ्नो परिवारका सदस्य, ट्रम्पविरुद्ध छानबिन गरेका तथा उनका निसानामा पर्नसक्ने अधिकारीहरू अग्रिम माफी दिएका छन्।
 
ट्रम्पको नाममा तीन कीर्तिमान
सपथ सँगै उनको नाममा तीन कीर्तिमान पनि बनेका छन्। पहिलो, उनी अमेरिकाको सबैभन्दा वयोवृद्ध राष्ट्रपति बनेका छन्उ भने उनी ७८ वर्षका छन।  पद छाड्दै गर्दा उनी ८२ वर्षका हुने छन्।  अघिल्लो राषट्रपति बाइडेनले ७७ वर्षको उमेरमा शपथ लिएका थिए। 

दोस्रो, ट्रम्प  आपराधिक मुद्दामा दोषी ठहर भएका पहिलो राष्ट्रपति पनि बनेका छन् उनी। न्युयोर्कको जुरीले उनी पोर्नस्टारलाई तिरेको रकमको विवरण झुटो देखाएको अभियोगमा दोषी ठहर भएका हुन्। यही महिना न्युयोर्कका एक न्यायाधीशले उनलाई बिनासजायको दोषी ठहर गरेका थिए। त्यस्तै  तेस्रो, उनी बीचमा चुनाव हारेर दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो रिपब्लिकन पनि बनेका छन्।

clintons_kqb6TNYJUP

 सपथ  लगत्तैको सम्बोधनमा ट्रम्पले आफू विश्वस्त र आशावादी भएर फर्केको बताएका छन ।  उनले अमेरिकाको स्वर्ण युग सुरु भएको घोषणा समेत गरे। त्यस्तै, उनले न्यायको तराजु सन्तुलित बनाइने वाचा पनि गरे। यो कार्यकालमा ट्रम्प अझ दृढ र सबल भएर ह्वाइट हाउस फर्केको विश्लेषण भइरहेको छ। शपथ लगत्तै उनले कार्यकारी आदेशहरू जारी गर्दै छन्। 

उनले आप्रवासन, कर, कर्मचारी संख्या, व्यापार र उर्जाका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएका छन्। ‘पहिलो कार्यकालमा सबैजना मसँग जुधिरहेका थिए,’ उनले डिसेम्बरमा भनेका थिए, ‘अहिले सबै मेरो मित्र बन्न खोजिरहेका छन्।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।