ताजा अपडेट »

चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार, ५ युवा पक्राउ

सोमबार, ०७ माघ २०८१, २२ : ०१
300 Shares
सोमबार, ०७ माघ २०८१
300 Shares

सुनसरी । साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना युवालाई प्रहरीले पक्राउ परेका छन्। शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा धरान उपमहानगरपालिका-१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो।

पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदीप तामाङ छन्। उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। प्रतिष्ठानले तत्कालै विराटनगरस्थित विराट नर्सिङ अस्पताल रेफर गरेको थियो। हाल उनको उपचार भइरहेको छ। 

राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।