बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले जेष्ठ नागरिकसँग भेटघाट गरी खाद्यान्य एवं जुत्ता लगाइदिने कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक कार्यमा क्रियाशिल रहँदै आएको क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरि मानव सेवा आश्रमका जेष्ठ नागरिकसँग भेटघाट तथा खाद्यान्य एवं जुत्ता लगाइदिने कार्यक्रम गरेको हो ।
सोही कार्यक्रममा आश्रम परिषरमा फोरवे टेस्ट स्टीकर लगाउने कार्य पनि गरिएको वर्ष २०२४/२५ का अध्यक्ष देविराम पाण्डेले बताए ।
कार्यक्रममा क्लबका उपाध्यक्ष निरञ्जन पोखरेल र उनकी श्रीमती जोत्सना पोखरेलले नगद ५ हजार र एसियन थाइफुडका सेल्स म्यानेजर तथा क्लबका कोषाध्यक्ष दिपक बास्तोलाले खाद्य सामग्री उपलब्ध गराएका थिए । त्यस्तै स्नेहा कन्फेसनरी योगीकुटीका सुनिल जयस्वालले पनि गुलिया खाद्य सामग्री उपलब्ध गराएका थिए।
मानव सेवा आश्रमका प्रेमबहादुर सारुले रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम पब्लिक इमेज चेयर्स किशोर कुमार बिकको सञ्चालन, प्रेसिडेन्ट नोमिनी देवीलाल भट्टराईको स्वागत मन्तव्य तथा फस्ट भिपि शङ्कर पाण्डेको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया