रवि सेन्चुरी
आगमी १०/२० वर्ष पछिको समाज कस्तो हुने ? त्यसका निम्ति आज शिक्षा क्षेत्र र विद्यार्थीहरुमा कस्तो लगानी गरिएको छ, भन्ने कुराले महत्वपूर्ण भुमिका खेल्नेगर्छ । कुनै पनि व्यक्तिले म के बन्ने, कता जाने भन्ने कुरा उनिहरु बालक वा विद्यार्थी कालमा नै तय गरिसकेका हुन्छन् । पछि कस्तो हुने हो भन्ने कुरा, त्यतिबेला उनिहरुले कस्ता कस्ता अवसरहरु पाए, त्यसले नै व्यत्तित्व निमार्ण गर्छ । मानिसले देखेर, सुनेर, पढेर वा कुनै न कुनै माध्यमबाट ज्ञानको सम्पर्कमा आएपछि मात्र सपना देख्ने र लक्ष्य निर्धारण गर्ने गर्छ । तसर्थ त्यो सपना र लक्ष्य निधारण गर्न एवम् नेतृत्व विकासका निम्ति विद्यार्थीहरुलाई विभिन्न अवसरहरु सृजना गरि जोड्नुपर्छ ।
नेपालको संविधानको अनुसूची ८ मा आधारभुत र माध्यमिक शिक्षालाई अधिकार सूचि अन्तर्गत राखेको छ । तसर्थ हरेक पालिकाले आफ्नो नीति तथा कार्यक्रममा शिक्षालाई कत्तिको प्राथमिकता दिन्छ ? विद्यार्थी केन्द्रित सृजनशिल कार्यक्रम कति आउछन् ? त्यस अनुरुप त्यस पालिकाका विद्यार्थीहरुले अवसर प्राप्त गर्छन ।
तिलोत्तमा नगरपालिकाले भौतिक बिकाससँगै मानवीय विकासलाई प्राथमितामा राखेर शिक्षामा विभिन्न कार्यक्रमहरु आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । जसमा “एक विद्यालय एक सृजनशील” कार्यक्रम एक हो । विभिन्न विद्यालयहरुलाई दामाशाही रुपमा बजेट दिनु भन्दा उनिहरुको प्रस्तावना अनुरुप प्रतिस्पर्धा गरि सीमित विद्यालयलाई बजेट दिँदा थप सृर्जनशिल र उत्कृष्ट कार्यक्रमहरु आयोजना हुन्छन् । प्रतिस्पधि र आयोजक बन्न हरेक विद्यालयले कसरी समय सान्दर्भिक कार्यक्रम गर्न सकिन्छ भनेर नवप्रर्द्धनमा जोड दिने भएकाले विद्यालय–विद्यालय बीच सकारात्मक प्रतिस्पर्धा हुने भएकाले धेरै विद्यार्थीहरु लाभान्वित हुन सक्छन् ।
मानवीय विकासको पहिलो मेरुदण्ड शिक्षा भएकाले कार्यक्रमका माध्यमबाट शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धि, अन्तरविद्यालय शिक्षक र विद्यार्थी, विद्यार्थी–विद्यार्थी बिच अन्तरघुलनको वातावरण निमार्ण गरि विद्यार्थीको नेतृत्व विकास गरि विभिन्न अवसरका ढोका खुल्न सहयोग पुग्छ ।
शिक्षाले व्यक्तिको सर्वाङ्गीण विकास गरी असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमुलक जनशक्ति तयार गर्दछ । समाज, क्षेत्र लगायत राष्ट्रको आर्थिक, सामाजिक, साँस्कृतिक र पूर्वाधार विकासका निम्ति दक्ष जनशक्ति आवश्यक पर्छ । दिगो विकास, सुशासन र समृद्धिको लागि शिक्षा आवश्यक पर्ने भएकाले सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा दिने उद्देश्यले तिलोत्तमा नगरपालिकामा सीमित विद्यालयलाई उनिहरुको प्रस्तावनाको आधारमा छनौट गरिन्छ । सीमित बजेट प्रदान गरि कार्यक्रम आयोजनाका निम्ति हौसल्ला प्रदान गरि अन्य विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराइन्छ ।
कार्यक्रमको उद्देश्य
मुख्यतय यस कार्यक्रमको उद्देश्य विभिन्न विद्यालयहरु माझ सकारात्मक, सृजनशिल प्रतिस्पर्धा गरि नविनतम आइडिमा कार्यक्रमहरु फरक–फरक विद्यालयमा सन्चालन गर्नु रहेको छ । सीमित बजेटबाट पनि विभिन्न कार्यक्रमका माध्यमबाट शिक्षाको विकास गर्ने रहेको छ । यस कार्यक्रमका मुख्य उद्देश्य, सकारात्मक र सृजनशील प्रतिस्पर्धा, विद्यार्थीहरुको नवितम सोचको विकासमा जोड, नवितम कार्यक्रम छनौट र आयोजना गर्न सक्ने क्षमताको विकास गर्न, विद्यार्थीहरु बिच प्रतिस्पर्धि क्षमताको विकास गर्न, शिक्षा सहित समसामायिक विभिन्न विषयहरु बारे ज्ञान प्रदान गर्न रहेका छन् ।
यस कार्यक्रमका विषयहरु
एक विद्यालय एक सृजनशील कार्यक्रम अन्तर्गत विद्यालयहरुले नवितम कार्यक्रमको प्रस्तावनासहित प्रतिस्पर्धा गर्नु पर्छ । त्यसबाट उत्कृष्टलाई छनौट गरि कार्यक्रम सन्चालन गर्न निश्चित बजेट प्रदान गरिन्छ । यस कार्यक्रममा विद्यालयहरुले चलि आएका कार्यक्रम भन्दा पनि सान्दर्भिक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रममा अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि समावेश गर्नुपर्छ । प्रस्तावनामा विज्ञान एवम् प्राविधिक सम्बन्धि कार्यक्रम, उद्यमशिलता मुलक कार्यक्रम, लिडरसिप कार्यक्रम, पर्यटन एवम् साँस्कृतिक कार्यक्रम, वातावरण सम्बन्धि र कृषि कार्यक्रम, बाल साहित्य महोत्सव र नेतृत्व विकास सम्बन्धि रहेका छन् ।
नवितम आइडियालाई हौसल्ला
“एक विद्यालय एक सृजनशील” कार्यक्रमले कुनै विद्यालयले विद्यार्थीहरुका निम्ति सृर्जनशिल कार्यक्रम गर्न खोजेको छ तर आर्थिक छैन भने पनि उक्त सृर्जनशिल कार्यक्रम सम्पन्न गर्न मद्दत गर्न । मुख्य यसले विद्यार्थीहरुलाई प्रत्येक्ष सहभागिता गराई उनिहरुलाई नवितम् ज्ञान प्रदान गर्ने रहेको छ । नयाँ नयाँ क्षेत्रमा प्रतिस्पर्धा गरि उनिहरुको क्षमता विकास गर्दै पालिका, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गने रहेको छ ।
यस कार्यक्रमले आयोजक विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमको सुरुवाति चरणदेखि अन्तिम चरणसम्म विद्यार्थीको सहभागितामा जोड्न प्रहोत्सान गर्छ । जसले गर्दा विद्यार्थीको नेतृत्व विकास, कार्यक्रम आयोजना गर्दा आईपर्ने समस्या र समाधानका उपाय र कार्यक्रमको विषय वस्तुलाई नजिकबाट बुझ्न पाउछन् । साथै अन्य विद्यालयका विद्यार्थीहरुलाई फरक फरक विधामा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्छन् । जसले गर्दा आगामी दिनमा विद्यार्थीलाई नविनतम सोच र कार्यक्रम आयोजना गर्न सक्ने साथै प्रतिस्पर्धाका निम्ति सकारात्मक आत्माविश्वासको सुरुवात हुने छ । (लेखक तिलोत्तमा नगरपालिकाको समाजिक विकास समिति संयोजक हुन ।)
प्रतिक्रिया