काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । यही माघ १३, १४ र १५ गते मनाइँदै विभिन्न कार्यक्रम गर्ने तयारी पनि गरिएको छ ।
संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउँदै आइरहेको हो । दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु गर्ने प्रचलन छ । ऊर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले बृहत कार्यक्रमको तयारी गरिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।
केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवद्र्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुयाउँदै आएको पनि उनले जानकारी दिए । यसको साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायको रुपमा समेत कार्य गर्दै आएको उनको भनाइ थियो ।
प्रतिक्रिया