ताजा अपडेट »

बुटवलमा गुल्मीका शर्मा दाजु-भाइले बुबाको स्मृतिमा स्थापना गरे प्रतिक्षालय

सोमबार, ०७ माघ २०८१, १६ : ४०
516 Shares
सोमबार, ०७ माघ २०८१
516 Shares

बुटवल । आफ्ना बाबु स्व.अग्नीधर शर्माको स्मृतिमा छोराहरुले बुटवल-३ गोलपार्कमा प्रतिक्षालय सहित पुस्तकालय निर्माण गरेका छन् । गुल्मी जिल्लाको कालिगण्डकी गाँउपालिका ७ भुर्तुङ्ग छापचौर घर भै हाल बुटवल उपमहानगरपालिका- ३ विपि पथ, रामापिथेकस प्रगतिटोल निवासी धर्मपत्नी हरिकला शर्मा तथा छोराहरु सागर शर्मा र हिमोड शर्माले गोलपार्कमा प्रतिक्षालयसहित पुस्तकालयको निर्माण गरेका हुन । 

करिब डेढलाख रुपैयाँ लागतमा निर्मित गोलपार्क प्रतिक्षालय सहित पुस्तकालयको उद्घाटन गर्दै वडा अध्यक्ष विष्णु प्रसाद ढकालले स्थानीय र यात्रुलाई सहयोग गुराउने उद्देश्यसहित निजी क्षेत्रबाट योगदान गर्न आवश्यक रहेको बताए । स्थानिय समुदाय र बाटो हिड्ने यात्रुहरुलाई घाम पानीबाट सुरक्षित गर्न र सवारी साधनको प्रतिक्षा गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ प्रतिक्षालयको निर्माण गरिएको स्व. शर्माका छोरा सागर शर्माको भनाई छ । 

गुल्मी स्थित दुर्गाभवन मा.वि.छापचौरका पूर्व प्रधानाध्यापक समाजसेवी स्व.शर्माले सामाजिकरुपमा कामहरु गर्दै आएका थिए । साविकको भुर्तुङ्ग गाबिस छापचौरमा रहेर शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुराएका शर्माका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । प्रतिक्षालयको उद्घाटनका अवसरमा बुटवल -३ ज्योतिनगरमा रहेको जनज्योति आधारभुत विद्यालयका छात्र छात्राहरुलाई पुस्तक तथा स्टेशनरीका सामाग्रीहरु पनि वितरण गरिएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।