ताजा अपडेट »

यु–१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

सोमबार, ०७ माघ २०८१, १२ : ३८
32 Shares
file photo
सोमबार, ०७ माघ २०८१
32 Shares

काठमाडौँ, ७ माघ स् मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । 

  मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।  नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् । 

  यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।

    स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीमा कप्तान पूजा महतोसहित साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, किरनकुमारी कुँवर, ज्योत्सिन्का मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायतले खेलिरहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।