ताजा अपडेट »

भारतमा चम्कियो ब्रिटिस ग्रामर स्कुल

सोमबार, ०७ माघ २०८१, ११ : १३
58 Shares
सोमबार, ०७ माघ २०८१
58 Shares

बुटवल । यही जनवरी १८/१९ तारिखको दिन भारतको केरला राज्यमा Jska international karate championship-2025  सम्पन्न भएको छ ।  

यस खेलमा नेपालबाट पाँच जना खेलाडी सहभागी भएका थिए । जसमा नेपालले २ स्वर्ण २ रजत र ३ कास्य पदक जित्न सफल भएको कुरा टिम कोच कमरुद्दिन अलि (मुहम्मद अलि) ले जानकारी दिए ।

उनको अनुसार कुमिते बिधामा आबिस्कार श्रेष्ठले स्वर्ण पदक र काता बिधामा कास्य पदक ,एरोन सेरचनले कुमिते विधामा स्वर्ण पदक, आइलेश जङ्ग थापाले कुमिते बिधामा रजत र काता विधामा कास्य पदक, सान्वी राज्य लक्ष्मी चन्दले कुमिते बिधामा रजत र बेद जैसवालले कुमिते विधामा कास्य पदक जित्न सफल भएका छन ।

a7fb935b-13a0-47ff-8280-c96126f682bf

यस प्रतियोगितामा नेपाल,भारत, श्रीलंका, कुवेत र कतार गरि ५ देशको १५० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको कुरा टिम म्यानेजर दिपेन्द्र चन्दले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।