ताजा अपडेट »

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ, २ जना फरार

सोमबार, ०७ माघ २०८१, १० : ४०
50 Shares
सोमबार, ०७ माघ २०८१
50 Shares

रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आईतबार राति पक्राउ गरेको हो ।

भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्वर ९ का २६ वर्षिय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईंले बताए । उनका अनुसार पक्राउ परेका ब्यक्तीको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद भएको छ । घटनास्थालबाट  विआर ०५ बीडी १२२४ नम्वरको  मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए ।

तीनजना व्यक्ति एक होटलमा बसेर खाजा खाइरहेको र गतिविधि शंकाष्पद रहेको खबर पाउन साथ सशस्त्र प्रहरी बलको टोलि  मठियाबाट खटिएको एसपी हुमागार्इंले बताए । आईतवार राति साढे ८ बजेको समयमा उक्त पसलमा सशस्त्र प्रहरीको टोलि पुग्दा दुई जना भागेपनि हतियार बोकेका एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ । 

पक्राउ परेकाको आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भईरहेको रौतहट सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।