ताजा अपडेट »

कोशी र कर्णाली प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सोमबार, ०७ माघ २०८१, १० : ३१
34 Shares
सोमबार, ०७ माघ २०८१
34 Shares

बुटवल । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखी सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ । आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन पनि आजै सुरु हुँदै छ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 
गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो । 

यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।