ताजा अपडेट »

यू-१९ महिला टी-२० विश्वपक : आज नेपालले स्कटल्याण्डसँग खेल्दै

सोमबार, ०७ माघ २०८१, ०६ : ५६
156 Shares
सोमबार, ०७ माघ २०८१
156 Shares

बुटवल । आईसीसी यू-१९ टी९२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा सुरु हुनेछ। 

विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो। नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन्। आजै हुने सोही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।