बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका-५ माराबासमा एक वृद्धाको हत्या आरोपमा महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ७८ वर्षीया भुमकुमारी आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीराकुमारी लम्तरीलाई नियन्त्रणमा लिइएको हो ।
गत पुस ३१ गते माराबासस्थित हर्रेखरक सामुदायिक जंगलमा भुम कुमारी मृत फेला परेकी थिइन् । सो घटना बारे अनुसन्धान गर्ने क्रममा नीरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
प्रतिक्रिया