ताजा अपडेट »

करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

आइतबार, ०६ माघ २०८१, २० : ०९
30 Shares
आइतबार, ०६ माघ २०८१
30 Shares

काठमाड। नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ ।

भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे । त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे ।

यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अङ्कित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।