ताजा अपडेट »

राष्ट्रिय जनमुक्ती रुपन्देहीले मनायो ३४ औं स्थापना दिवस

आइतबार, ०६ माघ २०८१, १९ : २१
148 Shares
आइतबार, ०६ माघ २०८१
148 Shares

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले आइतबार ३४ औं स्थापना दिवस मनाएको छ । तिलोत्तमामा आयोजित सो कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अनुगमन तथा अनुशासन विभागका संयोजक दलबहादुर बिरकट्टाले राष्ट्रिय जनमुक्ति पार्टीले अख्तियार गरेको राजनीति लाइन मुलुक र नेपाली समाज सापेक्ष रहेको दाबी गरे ।

ठूला भनीएका राजनीतिक दलको विचारबाट मुलुकले निकास नपाउने बताउँदै उनले सोही कारण अहिले राष्ट्रिय राजनीतिमा समस्या देखिएको उल्लेख गरे । त्यसको निराकरणको लागि राष्ट्रिय जनमुक्ति पार्टीको राजनीतिक लाइन नै निर्विकल्प उपाय रहेको उनले बताए । पार्टी उपाध्यक्ष तथा प्रशिक्षण विभाग उपप्रमुख विधु प्रकाश कायस्थ, उपाध्यक्ष डा. हाजी मोहम्मद हसन, संघीय परिषदका सचिव मोजीब अलि, संघीय परिषद् सचिव गीता सारु, लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, तिलोत्तमा नगर समिति अध्यक्ष राधिका श्रीस लगायतले बोल्दै मुलुकलाई जनमुक्ती पार्टीले मात्रै राजनीतिक निकास दिन सक्ने दाबी गरे ।  

कार्यक्रममा आमन्त्रित अन्य पार्टीका प्रतिनिधिहरु नेकपा एमाले रूपन्दे जिल्लाका अध्यक्ष यज्ञ गैरे र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले शुभकामना व्यकत गरे ।

जनमुक्ती जिल्ला उपाध्यक्ष थर्क बाह्रघरेको स्वागत, सचिव खेम बहादुर थापा सञ्चालन तथम पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षता कार्यक्रम भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।