तिलोत्तमा तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आईतवार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिनादेखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापनसँगै दीक्षीत गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांण, उप प्रमुख जगेश्वरी देवि चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी र गणका गर्णपती आनन्द बहादुर थापा तथा नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले नगर प्रहरीलाई सामुहिक रुपमा दीक्षीत गरेका हुन् । सोही अवसरमा नगर प्रमुख रामकृष्ण खांणले तालिम सकाएर दीक्षीत भएका नगर प्रहरीहरुलाई स्वागत गदै नगरवासीलाई सुरक्षाको प्रत्याभूती दिलाउनका लागि नै नगर प्रहरीको संख्या बढाएको बताए । उनले राज्यको दाईत्व पहिला गांस बांस र कपास रहेकोमा त्यसमा अहिले शिक्षा, स्वास्थ्य र सुरक्षा थपिएकोले स्थानीय तहले पनि नगरवासीको सुरक्षाको जिम्मा लिनु पर्ने भएकाले नगर प्रहरीको जिम्मेवारी निकै प्रभावकारी हुने धारणा राखे ।
नगर उप प्रमुख जगेश्वरी देवि चौधरीले तालिमका दौरानमा सिकेका विषयलाई कार्यस्थलमा हुबहु प्रयोग गर्दै नगर र सार्वजनिक सम्पत्तिको सुरक्षासँगै आमनागरिकको सेवामा खट्नेमा विश्वास व्यक्त गरिन । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारीले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिए । गणका गणपती आनन्द बहादुर थापाको अध्यक्षतामा दीक्षान्त कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया