ताजा अपडेट »

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

आइतबार, ०६ माघ २०८१, १७ : ०३
110 Shares
आइतबार, ०६ माघ २०८१
110 Shares

बुटवल । बुटवल ११ कालीकानगर भुवनसिङमार्गमा  रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार  खेलकुद सप्ताह सम्पन्न भएको   छ 

गत बुधबारदेखि शुरु भएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो ।खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल,कबड्डी, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो ।खेल सप्ताहको समापनमा खेलमा उत्कृष्ट  विद्यार्थीहरुलाई मेडल,ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत  गरिएको थियो ।

पुरस्कार  स्कूल सञ्चालक समितिका पुर्व अध्यक्ष डिल्लीराज अर्याल ,सस्थापक संचालक रामराज पोख्रेल ,संचालक जिवाखर अर्याल  माध्यमिक तह सम्योजक छन्त बहादुर पान्डेयले बितरण गरेका थिए ।  

समापन कार्यक्रममा अतिरिक्त क्रियाकलाप  संयोजक सुबास भन्डारीको अध्यक्षता र कोर्डिनेटर माया पौडेलले गरेकोसंचालनमा सप्पन्न भएको थियो थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।