ताजा अपडेट »

रोटरी रुपन्देहीद्वारा तिलोत्तमामा सुरक्षित मातृत्व तथा शिशु स्याहार कार्यक्रम

आइतबार, ०६ माघ २०८१, १४ : १३
34 Shares
आइतबार, ०६ माघ २०८१
34 Shares

बुटवल। रुपन्देहीको तिलोत्तमामा रहेका सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुकालागि एक दिने सुरक्षित मातृत्व तथा शिशु स्याहार सम्वन्धि एक दिने कार्यक्रम गरिएको छ ।

तिलोत्तमा नगरपालिमा रहेका १७ वडामा रहेका स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता एंव सिप बिकासकालागि एक दिने मातृत्व तथा शिशु स्याहार सम्वन्धि कार्यक्रम गरिएको हो ।

रोटरी क्लव अफ रुपन्देहीको आयोजना तथा रोटरी क्लव अफ काठमाण्डौ र रोटरी क्लव अफ उडेन अष्ट्रेलियासँगको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले सेवा रुपी भावनाले गरिने असल कार्यको प्रभाव समुदायमा सकारात्मक हुने उल्लेख गर्दै सुरक्षित मातृत्व तथा शिशु स्याहार कार्यक्रमले आमा र शिशु दुबैको स्वास्थ्य उपचारमा थप गुणस्तरीयता कायम गर्ने बताए।

उनले स्वास्थ्यकर्मीका लागि समयसमयमा स्वास्थ्य सचेतना र स्वास्थ्य समन्धि दक्षता र सीप विकासका कार्यक्रमहरु आयोजना गर्नु पर्ने बताउँदै यसले आमा र बच्चा दुबैको स्वास्थ्य जटिलताका बारेमा सहज उपचार गर्न मद्दत पुग्ने बताए ।

c505e2dc-fcd5-47e1-bb6d-eb59613e198b 

रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष सिए प्रमोद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पोखरेल, क्लवका पुर्व अध्यक्षहरु रामप्रसाद खरेल, सुरज क्षेत्री, गोपाल न्यौपाने, दुर्गाबहादुर पोखरेल, क्लवका एजी संजीव रेग्मी, रोटरी बुटवलका अध्यक्ष प्रजोल थान्जु, डा.रुपेश लम्साल, कार्यक्रम संयोजक ओमबहादुर खत्रीलगायतले आ–आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ उडेन अष्ट्रेलियाका सम्यान्था टुर्नेर डुन्ने र क्यारेन म्याकनेलले सहजिकरण गरेको कार्यक्रममा तिलोत्तमा नगरभित्रका ६५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको सचिव मिलन भण्डारीले जानकारी दिए ।

यसैबीच सोही कार्यक्रमको अवसर पारेर सेमरा स्वास्थ्य चौकी र आनन्दवन स्वास्थ्य चौकीलाई लगभग पाँच हजार अष्ट्रेलियन डलर बरावरको स्वास्थ्य सामग्री सहयोग गरिएको रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष सिए प्रमोद पन्थीले जानकारी दिए।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।