ताजा अपडेट »

पत्रकार टिपि भुसाल उद्योग वाणिज्य महासंघको सञ्चार तथा अनुसन्धान परामर्शदाता नियुक्त

शनिबार, ०५ माघ २०८१, २२ : ४१
66 Shares
शनिबार, ०५ माघ २०८१
66 Shares

काठमाडौँ । पत्रकार तथा उपप्राध्यापक टी.पी भुसाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सञ्चार तथा अनुसन्धान परामर्शदाताको रूपमा  नियुक्त भएका छन् । विगत अढाई दशकदेखि पत्रकारितासङै प्राध्यापन तथा विभिन्न प्रशिक्षण एवम् परामर्श दाताका रूपमा संलग्न भुसाल पछिल्लो समय नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रूपमा कार्यरत थिए ।

उनले पर्यटन बोर्डसँगै युएनडीपी र बोर्डको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानको लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)का लागि पनि सञ्चार सहजकर्ताको भूमिकामा रहेर काम गरिसकेका छन्। 

विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानव शास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्र र कानुनमा स्नातक गरेका छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर समेत हुन । पत्रकार भुसाल पत्रकारिताको क्षेत्रमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पहिलो गणतन्त्र दिवसका अवसरमा प्रबल जनसेवा श्री विभूषणबाट विभूषित हुने पहिलो पत्रकार समेत हुन् ।

पत्रकार भुसालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका पोलिगन कलेज र सेफर्ड कलेज, कलेज अफ जर्नालिजम तथा मास कम्युनिकेसन (सिजेएमसी) लगायतका कलेजमा आम सञ्चार तथा पत्रकारिता, सञ्चार कानुन, पर्यटन र सञ्चार तथा समाजशास्त्र लगायतका विषयहरू अध्यापन गराउँदै आएका छन् । 

नेपाली रेडियो नेटवर्कमा कार्यक्रम अर्थ सम्वादका उत्पादक तथा प्रस्तोता समेत रहेका भुसालसँग रेडियो मदनपोखरा पाल्पा , बुटवल एफ.एम तथा तिनाउ एफ.एम बुटवल, रुपन्देही एफ.एम तथा सिद्धार्थ एफ.एम भैरहवा, का साथै एभेन्यूज टेलिभिजन, नेशनल टेलिभिजन, नयाँ दिशा दैनिक, बुटवल एक्सप्रेस, गोरखापत्र दैनिक, आर्थिक अभियान दैनिक लगायतका सञ्चार संस्थाहरूमा रहेर काम गरीसकेकाे लामो अनुभव समेत रहेको छ । उनले  नेपाली सञ्चारमाध्यमहरूका साथै भारतको जागरण दैनिक तथा हिन्दुस्तान टाइम्समा समेत नेपाल प्रतिनिधिका रूपमा रहेर काम गरिसकेका छन् ।

गुल्मीका स्थायी बासिन्दा भुसालले पत्रकारिताको सुरुवात रुपन्देहीलाई कर्मथलो बनाएर  गरेका थिए । भुसाल पछिल्लो समय काठमाडौँमा रहेर पत्रकारिता, प्राध्यापन तथा प्रशिक्षणमा क्रियाशील छन् । भुसालले महासंघमा रहेर नेपालको आर्थिक क्षेत्रको अध्ययन अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार समन्वय तथा प्रचारप्रसार लगायतको कामहरू गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।