ताजा अपडेट »
चलचित्र ट्रेलर

चलचित्र ‘एक्टर टेक वन’को ट्रेलर सार्वजनिक, राजबल्लभकाे १० वर्ष पछि पुनरागमन (भिडिया)

शनिबार, ०५ माघ २०८१, २२ : २६
44 Shares
शनिबार, ०५ माघ २०८१
44 Shares

 काठमाडौँ । सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमसहित सार्वजनिक ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र द्वन्द्व झल्काउन खोजेको छ ।

ट्रेलरमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई विशेष रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ । अभिनेता राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ ।

माघ १६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र राजन भुसालले निर्देशन गरेका हुन् । चलचित्रमा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले रहस्यपूर्ण राखेको छ ।  प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको मुख्य भूमिका रहेको यस चलचित्र मार्फतअभिनेता राजबल्लभ काेइराला १० वर्षपछि ठुलो पर्दामा फर्किँएका हुन । दिव्या रायमाझीले भने यसै चलचित्रबाट आफ्नो अभिनय यात्रा थालेकी हुन् । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्काेको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्र  ‘एक्टरः टेक वन’को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारी निर्माता रहेको यस चलचित्रमा अनीश भुसाल सह–निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको रूपमा रहेका छन् ।

चलचित्रमा छायांकन नरेन्द्र मैनाली,र सम्पादन निमेष श्रेष्ठ काे रहेकाे छ भने संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् । अष्ट महर्जनकाे  द्वन्द्व निर्देशन रहेको चलचित्रमा कला निर्देशन कृष्णमान तामाकाे  रहेकाे । चलचित्रको कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन । चलचित्रको वितरण भने  एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले गर्दैछ । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।