बुटवल । अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला संगठन रुपन्देहीको आयोजनामा संघीयता र लोकप्रियतावाद नेपालका लागि घातक विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले नेपालको सन्दर्भ संघीयता आवश्यक नरहेको बताए । उनले संघीयताले अनावश्यक खर्च बढाएकाले देशले संघीयता धान्न नसक्ने बताए । अधिकांश नेपाली जनताको माग प्रदेश खारेजीको रहेको बताउँदै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजिको लागि आउँदो चैत्र २४ गतेदेखि ३० गतेसम्म काठमाडौं केन्द्रित आन्दोलन गर्ने समेत उनले बताए ।
लोकप्रियतावाद बेला बेलामा खतरानक रूपमा आउने गरेको समेत उनले बताए । प्रदेशको आम्दानी भन्दा खर्च निकै धेरै भएकाले संघीयता देशको लागि सबै भन्दा घातक रहेको उनले बताए । प्रदेशको काम केहो प्रदेशले गर्ने काम केहो उनले प्रश्न गरे । ऋण काढेर देशले संघीयता धान्न नसक्ने समेत उनले बताए ।
मार्क्सवादी विचार मंचका महासचिव बिन बहादुर कुंवरले संघीयता नेपालको सन्दर्भमा ठिक नभएको बताए। नेसपा नयाँ शक्तिका प्रतिनिधि बिष्णु खत्रिले लोक प्रियतावाद बढ्दै गएको बताए । प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवालिले लोकप्रियतावाद र संघीयता अलगअलग विषय भएकोले शीर्षक पनि अलग(अलग राखेर बहस चलाउन सुझाव दिए । नेकपा विप्लवका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सिले सबै वामपन्थीहरुले आ(आफ्नो समीक्षा गर्नुपर्ने बताए ।
नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य जुध्द बहादुर बिकले संघीयता नेपालको संविधानसभाबाट दुईतिहाइले पारित गरेको विषय भएको बताए । माओवादी केन्द्रका प्रतिनिधि डाक्टर कृष्ण खनालले संघीयता आवश्यक रहेको तर यसमा विकृती आएकोले सच्चाउनुपर्ने बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता प्रेम सुवेदीले अधिकार सहितको संघीयताको आवश्यकता रहेको बताए ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष लिला केसीले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्रमाथि युवा प्रगतिशिल लेखक रामचन्द्र श्रेष्ठले टिप्पणी गरेका थिए । उनले दलहरु भित्रै एलिटहरुको जन्म भएको बताए । लोकप्रियतावादले मानिसहरुलाई सहिठाउँमा नलैजाने बताए लोकप्रियताको पछि लाग्न नहुने समेत उनले बताए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक ईश्वरी प्रसाद बस्यालले सबै पाटिहरुमा लोकप्रियतावाद रहेको बताए यो जहाँ पनि लागु हुने गरेको उनले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सोसियल मिडियाले गर्दा समाजमा सहि सुचना सहि समयमा प्रसारण हुन नसक्दा समाजमा गाह्रो भएकोले एस्ता खालका कार्यक्रमहरु हुन आवश्यक रहेको बताए । अब बुद्धिजिविहरु एस्ता खालका कार्यक्रममा लाग्नु पर्ने समेत उनले बताए । नेपाल पत्रकार महासंघ रुपन्देही यस्ता खालका कार्यक्रममा सधैसँगै रहने उनले बताए । बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले लोकप्रियतावाद सबै भन्दा खपत हुने सब्द रहेको बताए ।
वरिष्ट अधिवक्ता तेज प्रसाद कंडेलले संघीयता हाम्रो आवश्यकता पनि नभएको र जनताको चाहानापनि नभएको बताए । संघीयता बाध्यताले आएको समेत उनले बताए ।
प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले संघीयता नेपालको सन्दर्भमा दलहरुले नबुझी अंगाल्दा अहिले समस्या आइरहेको बताए । नेपाल बार एशोसियन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले अहिलेका राजनीतिक दलले मुलुकलाई अँध्यारो खाडलतिर धकेलेको बताए । कार्यक्रम हेमराज शर्माको अध्यक्षता हिरालाल धामिको स्वागतर गोपाल गैरेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया