बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमीमा ) सप्ताहव्यापी खेलकुद कार्यक्रम आज एक विशेष समारोहबीच समापन भएको छ ।
विद्यालयका प्राचार्य डिलबहादुर बुढाथोकीको अध्यक्षता तथा जिल्ला विकास समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले पिटि प्रदर्शन , लोगो फर्मेशन ,पुरस्कार वितरणका साथमा नृत्य गीत, सङ्गीत समेत प्रस्तुत गरिएको थियो।
तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ का वार्ड अध्यक्ष नारायण ढकाल र डाक्टर शान्ता शर्माको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षक अभिभावक फुटसल , अभिभावक म्युजिकल चेयर , बेलुन ब्लास्ट समेतका खेल कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक विष्णुप्रसाद भुसाल , डिल्लीनारायण पाण्डेय , पुष्पा कँडेल , श्याम खरेल, डिबि खत्री अभिभावक बाबुराम भट्टराई , ईश्वर चन्द्र पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए ।
खेल सप्ताहमा कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीले फुटसल, बास्केटबल, एथलेटिक्स, हाइजम्प , लङजम्प, क्रिकेट, बेलुन रेस , म्याथम्याटिकल रेस , भलिबल , म्युजिकल चेयर , स्पुन रेस , पजल गेम , टगवफ वार लगायतका खेलमा सहभागी भइ विभिन्न विधामा प्राप्त गरेका मेडल तथा प्रमाण पत्र ग्रहण गरेका थिए । पुरस्कार वितरण समरोहमा जिल्ला स्तरीय फुटसल प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यार्थी तथा कराँते प्रतियोगितामा श्रीलंका , भारत , जापान, मलेसिया पुगेर स्वर्ण र रजत पदक प्राप्त गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईंले ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले नेपालको शैक्षिक क्षेत्रमा गरेको नौलो प्रयास अनुकरणीय र राज्यका लागि नै फरक तरिकाले सोच्न बाध्य बनाएको बताए । गुणस्तरीय शिक्षाका लागि आफ्ना बालबालिकालाई काठमाडौ र छिमेकी देशमा पठाउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।
ब्रिटिस ग्रामर स्कुल रुपन्देही नेपालको सबैभन्दा ठूलो शैक्षिक घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको विद्यालय हो। यो विद्यालयका भगिनी शैक्षिक संस्थाहरु चितवन , पोखरा , काठमाडौ , दुबई , क्यानाडा र बेलायतमा रहेको छ ।
ब्रिटिस ग्रामर स्कुल रुपन्देही मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विदयालय भएकाले यसको शैक्षणिक र अतिरिक्त क्रियाकलाप ग्लोबल बजार अनुसार हुने भएकाले सम्पूर्ण अभिभावकलाई निर्धक्क साथ आफ्ना नानीबाबुको प्रगतिमा हातेमालो गरि लाग्नुहुन संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव जानकारी दिए।
प्रतिक्रिया