फागुन ६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको विभिन्न स्थानमा चोरी भएका मोटरसाईकलसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सैनामैना नगरपालिका वडा नं. १ का २६ वर्षीय दिपक थापा, २२ वर्षीय सुजन थापा, २५ वर्षीय जीवनकुमार पुन मगर, देवदह नगरपालिका वडा नं. ११ का २५ वर्षीय धर्मेन्द्र कहार, ३३ वर्षीय लक्ष्मण गिरी र ३६ वर्षीय धर्मेन्द्र चमारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल, लु १६ प ४२१३ नम्बरकोे स्कुटी, लु ४३ प ४६५५ नम्बरको यामाहा मोटरसाईकल, लु ३३ प ३०५ नम्बरको एभेन्जर मोटरसाईकल र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल बरामद गरेको छ । फागुन १ गते रातीको समयमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पार्किङ्मा राखेको लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल हराएको थियो । उक्त मोटरसाईकल खोजी गर्ने क्रममा प्रहरी रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ रेहरा स्थित धर्मेन्द्र चमारको आफ्नै घरमा लु ३२ प ९२५९ नम्बरको पल्सर सहित फेला पारेपछि खोजी गर्ने क्रममा प्रहरीले बाँकी मोटरसाईकल चोरी गरेर लैजाँदै गर्दा बुटवल उप–महानगरपालिका वडा ११ देवीनगरबाट पक्राउ गरिएको प्रनाउ भट्टराईले बताए ।
उनिहरुको साथबाट प्रहरीले बरामद गरेको लु ३३ प ३०५ नम्बरको एभेन्जर र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल र पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया