ताजा अपडेट »

अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीयको भूमिका विषयकमा छलफल

शुक्रबार, ०४ माघ २०८१, २१ : ३५
16 Shares
शुक्रबार, ०४ माघ २०८१
16 Shares

बुटवल । आदिवासी जनजाति आयोगको संयोजन र तिनाउ गाउँपालिका वडा नं. ४ सत्यवतीको आयोजनामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीयको भूमिका विषयकमा छलफल कार्यक्रम पाल्पाको सत्यवतीमा विहिवार सम्पन्न भएको छ ।

आयोगका सदस्य माननीय डा।मीन श्रीसले अभौतिक सांस्कृतिक सम्पदाको अर्थ,परिभाषा,यसको महत्त्व र खाँचो अनि सूचीकृतका प्रक्रियाका बारेमा सहजीकरण गरेका थिए । यस्ता सम्पदा संरक्षणका लागि संस्कृति मन्त्रालयले कार्यविधि तयार गरेको बताउँदै आफ्ना गाउँठाउँमा मनाईने मेला,पर्व, पूजाआजा, सांस्कृतिक कार्यक्रम,रैथाने परम्परागत खानालगायतका अमूर्त सांस्कृतिक सम्पदालाई जोगाउनु स्थानीयको दायित्व रहेको बताउँदै यस्ता सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन सकिने डा. श्रीसले सुझाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख न्यायाधिवक्ता माननीय यमलाल खनालले सत्यवती क्षेत्र संस्कृति र प्रकृतिको अनुपम थलो भएको र यहाँका अभौतिक सांस्कृतिक सम्पदा जोगाउन स्थानीयहरु लाग्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश, मुख्यमन्त्रीका  शिक्षा विज्ञ दलबहादुर गुरुङ ,ग्रामीण विकास विज्ञ युवराज घिमिरेले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा सबैको चासो र चिन्तन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीयहरु लालबहादुर दर्लामी,भद्रवीर दर्लामीलगायतले आआफ्ना विचार राखेका थिए । कार्यक्रम तिनाउ(४,सत्यवतीका वडाध्यक्ष तुलबहादुर आलेको स्वागत र अध्यक्षतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।