काठमाडौं । नेपालको तराई क्षेत्रका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज बिहान पौने ६ बजे संकलन गरिएको विवरणअनुसार भैरहवाको भिजिविलीटी (पारदर्शिता) १०० मिटर मात्रै छ ।
मौसम पूर्वमानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार भैरहवा, घोराही, सिमरा, विराटनगरसहितका स्थानको भिजिबिलिटी कमजोर छ । धनगढी र नेपालगन्जको भिजिबिलिटी भने एक हजार मिटरभन्दा धेरै छ । धनगढीको भिजिबिलिटी एकहजार ५०० मिटर छ । यस्तै, नेपालगन्जको भिजिबिलिटी एकहजार २०० मिटर छ ।
“पारदर्शिता एक किलोमिटरभन्दा कम भयो भने कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शिता भएमा हुस्सु भनिन्छ,” उनले भने । बाक्लो हुस्सु र कुहिरोका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया