बुटवल । रुपन्देही प्रहरीले ८ लाख भन्दा बढीको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज काकीैका अनुसार अबैध रुपमा भन्सार छलि चोरी गरी ल्ल्याउँदै गरेको अवस्थामा ८ लाख १० हजार ७६० बराबरको समान बरामद भएको हो ।
विहीबार सियारी गाउँपालिका वडा नम्बर २ कटुवामा चेकचाँज गर्ने क्रममा उक्त सामान बरामद भएको उनले बताए । बरामद हुनेमा सामान ४००० पिस मोवाइलका ग्लास, ७०४ पिस मोवाइलका कभर, १९६० पिस ऐर फोन, १५८८ पिस चार्जर केवल र विभिन्न किसिमका कस्मेटिक सामानहरु रहेको प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया