ताजा अपडेट »

सूर्य ज्योतिको १७४ औं शाखा तिलोत्तमाको कोटिहवामा

विहीबार, ०३ माघ २०८१, १९ : ५५
400 Shares
विहीबार, ०३ माघ २०८१
400 Shares

बुटवल । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ औं शाखा तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा बिहीबारदेखि सञ्चालनमा आएको छ । कोटिहवा शाखाका प्रबन्धक चिरन अर्यालको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीको सूर्य ज्योति बिमाक्षेत्रको उदाउँदो नक्षत्र भएकोले दाबी गर्दै बिमितको जीवन सधै उज्यालो हुने बताए ।  

कम्पनीले पुस मसान्तसम्म ५ अर्ब बढी प्रिमियम कलेक्सन गर्न सफल भएको र पुसभित्र वार्षिक साधारणसभा गरी बिमा प्राधिकरणलाई रिर्पोट बुझाई पहिलो बन्न सफल भएको बताए । कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर फर्सुराम मरासिनीले बिमाबाट हरेक व्यक्तिको भविष्यमा आउने जोखिम बहन गर्न सजिलो हुने बताए । उनले व्यक्तिको जीवन आर्थिकसँग जोडिएकोले आर्थिकरुपमा मजबुत हुनका लागि पनि बिमा गर्नुपर्ने बताए ।

कम्पनीका लुम्बिनी प्रदेश प्रमुख सुशिल चापागाईं, क्षेत्रीय प्रबन्धक विकास अधिकारी, कम्पनीका स्टार एजेन्सी म्यानेजर लक्ष्मण पन्थ, राजन पोखरेल लगायत प्रतिनिधि तथा बिमितहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।