ताजा अपडेट »

हुम्लामा बाक्लो हिमपात

विहीबार, ०३ माघ २०८१, १४ : २४
72 Shares
विहीबार, ०३ माघ २०८१
72 Shares

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । 

सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताए । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । यसवर्ष जिल्लामा पाँचाैँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।