देवदह । रुपन्देहीको देवदहमा आज (विहिबार)देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ । केरवानी माध्यमिक विद्यालयको आतिथ्यता तथा देवदहस्थित पानबारी खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागी जनाउने सबै खेलाडीहरुको स्वास्थ्य बिमा गरिएको नगर प्रमुख ध्रुव प्रसाद खरेलले बताए । प्रतियोगितामा देवदहका २७ विद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए ।
प्रधानाध्यापक ढुंगानाले प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य बोकेको आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तरगत विधिन्न विधामा ८४३ विद्यार्थीले प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए।
प्रतिक्रिया