ताजा अपडेट »

बूढानीलकण्ठमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको बैठक

विहीबार, ०३ माघ २०८१, ०८ : ३५
110 Shares
विहीबार, ०३ माघ २०८१
110 Shares

काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको सामूहिक छलफललाई आज पनि निरन्तरता दिएको छ। पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग कांग्रेसले आज पनि छलफल सुरु गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल सुरु भएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए। कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसले १२ जनालाई पठाएको छ।

सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ। पार्टी पदाधिकारी, संसदीय दल कार्यसमिति र मन्त्रीहरूबीच छलफल गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन खोजिएको कांग्रेसको भनाइ छ।

मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा कांग्रेसले छलफल गर्नेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।