ताजा अपडेट »

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना : सैनामैनाका रोमनसहित २ युवाको मृत्यु, एक घाइते

विहीबार, ०३ माघ २०८१, ०८ : २२
758 Shares
विहीबार, ०३ माघ २०८१
758 Shares

बुटवल । कपिलवस्तुमा गएराती दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल 
आपसमा ठोक्र्किँका हुन् । 

मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना-४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् ।

उनीहरुको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।