ताजा अपडेट »

६० लाख रुपैयाँको बैंक ग्यारेन्टी दिएर थुनामुक्त भए रवि

बुधबार, ०२ माघ २०८१, १९ : २४
84 Shares
बुधबार, ०२ माघ २०८१
84 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । आज जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी तिरेर उनी हिरासतबाट निस्किए ।

रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पुरा गरेर साँझ ७ बजे रवि थुनामुक्त भए । उनी अदालतबाट निस्किँदा कार्यकर्ताहरुले खुशी मनाएका छन् ।
रविले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए । उनले आफू न्याय प्रक्रियामा सघाउन आएको र अदालतप्रति सम्मान रहेको बताए । ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ,’ रविले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।