ताजा अपडेट »

भुक्तानी माग्दै निर्माण व्यवसायीले गरे चरणवद्ध आन्दोलनको घोषणा

बुधबार, ०२ माघ २०८१, १७ : ५१
52 Shares
बुधबार, ०२ माघ २०८१
52 Shares

काठमाडौं । सरकारले समयमै भुक्तानी नगरेपछि निर्माण व्यावसायीहरूले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन्।

निर्माण व्यवसायीहरूले ३ माघदेखि चरणबद्ध रूपमा आन्दोलन थाल्ने निर्णय गरेका हुन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार, ३ देखि ७ माघसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकास निर्माणसम्बन्धी मन्त्रीहरूलाई ज्ञापनपत्र दिने कार्य शुरू गरिनेछ।

यसपछि, १८ माघमा राजधानीको माइतीघर मण्डलामा धर्ना दिने, २० माघमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ माघदेखि राजधानीका प्रमुख पूर्व पश्चिम नाका ठप्प पार्ने कार्यक्रम तय गरिएको महासचिव रोशन दाहालले जानकारी दिए। यदि माग पूरा नभए, निर्माण व्यवसायीहरूले राष्ट्रिय गौरवका आयोजनासहित सबै प्रकारका निर्माण कार्य ठप्प पार्ने दोस्रो चरणको आन्दोलनको चेतावनी पनि दिएका छन्।

उनीहरूको दाबी छ कि निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि सरकारबाट भुक्तानी नपाउनु, र राष्ट्र बैंकले दिएको सुविधा कटौतीका कारण निर्माण उद्योग संकटमा परेको हो।

तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने सरकारको दायित्वअनुसार निर्माण व्यवसायीहरूलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा २२ अर्ब भुक्तानी भइसकेको जानकारी दिए। उनका अनुसार अब लगभग ६ अर्ब बाँकी रहेको छ र त्यो रकम प्रक्रिया भित्र रहेका ठेकेदारलाई प्राथमिकतामा राखेर भुक्तानी गरिनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।