काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगती गरिरहेको बताएका छन् । बुधबार किर्तिपुरमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरु तयार भएको जानकारी दिदैं सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशिल संस्थाहरुको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताएका हुन् ।
उनले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्वन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । ‘आगामी दिनहरुमा भुकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ ।’ गृहमन्त्री लेखकले भने ‘सरकारी निकाय, नीजि क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पुर्वतयारी, प्रतिकार्य र पुर्ननिर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’ सचेतना बढाउन परम्परागतसंगै नयाँ प्रविधिहरुलाई अधिकत्म प्रयोग गरिने उनको भनाई थियो ।
जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन रु ५० हजार सहयोग गर्ने अस्थायी निर्माण सम्वन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भइ लागू भइसककेको मन्त्री लेखकले जानकारी दिए । ‘स्थायी आवास निर्माण सम्वन्धी कार्यविधि कार्यकार्य समितिको बैठकबाट पारित भइसकेको छ ।’ उनले भने–‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनाबाट प्रारम्भ गरिनेछ ।’
प्रतिक्रिया