ताजा अपडेट »

भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व र पहिचान जोगाउनुपर्ने चुनौती

बुधबार, ०२ माघ २०८१, १६ : ५७
18 Shares
बुधबार, ०२ माघ २०८१
18 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनको असर कम गर्दै हिमालको अस्तित्व र पहिचान जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् । 

आय यहाँ आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ का अवसरमा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउनेहुने व्यक्तित्वलाई सम्मान गर्दै उनले धनी मुलुकले गरिरहेको भौतिक विकासको प्रतिस्पर्धामा हामीसँग हिमाल जोगाउने चुनौती रहेको बताएका हुन् । 

“हिमालको हिउँ पग्लँदै गर्दा हिमाल, पहाड र तराईमा मात्रै असर गर्दैन, यसले समुन्द्रसम्म र समग्र पृथ्वीमा असर गर्छ, त्यसैलै विश्वको पारिस्तिथिक प्रणाली जोगाउन पनि हिमाल बचाउनुपर्ने आवश्यकता छ”, उनले भने । मन्त्री पाण्डेले मन्त्रालय यसका लागि सदैव तयार रहेको उल्लेख गर्दै  हिमाल जोगाउन निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए । 

नेपाल भौतिक र पुरातात्विक संस्कृतिले धनी रहेको बताउँदै उनले सांस्कृतिक विविधताको सदुपयोग गर्दै पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । “आज मुलुकको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउनेहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ“,  मन्त्री पाण्डेले भने, “उनिहरुले  कोरेको पर्यटनको बाटोबाटै पर्यटन क्षेत्रको विकास सम्भव छ ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।