ताजा अपडेट »

कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

बुधबार, ०२ माघ २०८१, १६ : २३
14 Shares
बुधबार, ०२ माघ २०८१
14 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।
      
बेलायतको भ्रमणमा रहेका डा. कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो । भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टङु्गोमा पुर्याउन सुझाव दिएका थिए ।
      
नेता कोइरालाको निजी सचिवालयका अनुसार उनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले डा. कोइरालालाई आग्रह गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।