ताजा अपडेट »

रवि लामिछानेका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु

बुधबार, ०२ माघ २०८१, १२ : १८
28 Shares
बुधबार, ०२ माघ २०८१
28 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको हो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन् । 

बुधवार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएसँगै बहस सुरु भएको हो ।  काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । 

 गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध  ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।

 लामिछानेका तर्फबाट पन्तपछि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्नेछन् ।  उनीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीशले लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।