ताजा अपडेट »

दक्षिण कोरियाका राष्ट्रपति यून पक्राउ

बुधबार, ०२ माघ २०८१, ०८ : ५९
78 Shares
बुधबार, ०२ माघ २०८१
78 Shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् । घण्टौँको घम्साघम्सपिछि उनलाई आज पक्राउ गरिएको हो ।

युललाई पक्राउ गर्न पुगेको सुरक्षाकर्मी र उनका समर्थकबीच केही समय धकेलाधकेल समेत भएको थियो । राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् ।

उनले डिसेम्बर ३ मा मार्सल लगाउन खोजेका थिए । जसलाई संसदले विफल बनाइदियो । उनलाई जनवरी ३ मा पनि पक्राउ गर्न घण्टौँ प्रयास भएको थियो । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ । कानूनी कारबाही प्रक्रिया हिजोबाट सुरु भएको बीबीले जनाएको छ ।

मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो । उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।