ताजा अपडेट »

बुटवलमा खाना महोत्सव सुरु, विद्यालय हाता भित्र मदिरा राख्दा पनि राज्य मुकदर्शक

सोमबार, २९ पुस २०८१, २१ : ५२
134 Shares
सोमबार, २९ पुस २०८१
134 Shares

बुटवल ।  बुटवलमा खाना महोत्सव तथा माघे सक्रान्ती मेला २०८१ सुरु भएको छ ।  नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा महोत्वस सुरु भएको हो ।

महोत्वसको संरक्षकमा बुटवल उपमहानगरपालिका र प्रवद्र्धकमा लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामिण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद रहेको छ ।  तर, विद्यालय क्षेत्र जस्तो शान्ति क्षेत्र परिसर भित्र महोत्वसमा मदिरा राखे पछि यसको चौतर्फी विरोध भएको छ ।

सरकारले वि.स. २०६८ साल जेठ ११ मा सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी कार्यान्वयन निर्देशिका समेत जारी गरिसको छ ।तर, राज्य आफैले शान्ति क्षेत्र घोषण गरेको  विद्यालय हाताभित्र खुलेआम मदिराको कारोबार गर्दा राज्यको कानुन कार्यान्वयन गर्ने निकाय भने मुख दर्शक बनेका छन् । यस मेलाको संरक्षक तथा प्रवद्र्धकको रुपमा कानुनको पालना गर्ने तालुकदार निकाय नै छन्।

सोमबार साँझ महोत्वसको नेपाल होटल तथा रेष्टुरेन्ट महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले उद्घाटन गरे ।  बुटवलको सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालयको मैदान परिसरमा संचालन भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष चुकेले पर्यटन क्षेत्रमा योगदान दिने उद्योगका रुपमा आफुहरु रहेको बताए । पर्यटन क्षेत्रमा सरकारको लगानीसंगै पर्यटन ब्यवसायीहरु पर्यटन उत्पादनको बारेमा विषयमा जोड दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लेखनाथ भण्डारीले लुम्बिनी प्रदेश विश्वमा नै पर्यटनको उत्कृष्ट गन्तब्य भएको दाबी गर्दै यहाका ब्यवसायीहरुलाई संस्थागत रुपमा एकतावद्ध गर्दै आफुहरु पर्यटन प्रवद्र्धनको योजनामा लागेको बताए । प्रत्येक वर्ष अग्रेजी नया वर्षमा सडक महोत्सव गर्दै आएका रुपन्देहीका होटल ब्यवसायीहरुले यस वर्ष भने माघी पर्वलाई विशेष प्रचारप्रचार गर्ने गरि कार्यक्रम गरेको बताए ।

माघ २ गतेसम्म चल्ने महोत्सवमा स्थानीय थारू, मगर, नेवार र अन्य समुदायका परम्परागत खानाका परिकारकोे प्रदर्शनी र विक्रीका लागि राखिएका छन् । यसैगरि कार्यक्रममा थारू नाच, लोकदोहोरी र विभिन्न जातजातिका मौलिक र सांस्कृतिक नृत्यहरुका साथै पर्यटन प्रवद्र्धन हुने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने स्टलहरु रहेको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए ।

कार्यक्रममा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवलका कार्यकारी निर्देशक रामु जोशी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, वडा नं ४ वडा वडाअध्यक्ष नरिश्वर पौडेल, सघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापा लगायतले खाना महोत्सव र मेला संचालनबाट हुने फाईदाबारे प्रकाश पारेका थिए ।

खाना महोत्सवको नाममा विद्यालय परिषरमा मदिराको बिक्रि वितरण र विज्ञापनबाट प्रचलित कानुनको उल्लंघन भएको भन्दै सरकोरवालाले आयोजकको आलोचना गरेका थिए । स्थानीय सिद्देश्वर माविको मैदानमा संचालन गरिएको महोत्सवमा मदिराका ठुलाठुला विज्ञापन गरिनुका साथै मदिराका स्टलहरु पनि राखिएका छन् ।

झाँकीमा नेवाः समाज अर्घाखाँची रुपन्देही प्रथम

यसैबिच महोत्सवको शुभारम्भअघि निकालिएको प्रचारात्मक जनचेतनामुलक रयालीमा नेवाः समाज अर्घाखाची रुपन्देही प्रथम भएको छ । यसैगरि स्याङजा कारीकोट तराईबासी समुह र उचडिया स्वावलम्बन समुह सैनामैना रुपन्देही दोस्रो, कालिका टोल विकास संस्था बुटवल ७ तेस्रो भएका छन ।

यसैगरि बुद्ध टोल विकास संस्था बुटवल ७, सिद्धेश्वर नमुना आमा समुह बुटवल ७, आम्दा दिपज्योती आमा समुह बुटवल ७, सृजना संस्कृति आमा समुह बुटवल ८ र समावेशी आमा समुह बुटवल ७ दिपनगर सान्त्वना स्थान हासिल गरेको संयोजक माधव प्रसाद नेपालले बताए ।

रयालीमा विभिन्न संघसंस्था, जातजाती, टोल विकास समुह, ब्यवसायिक संघसंस्था गरि २२ टोलीहरुको सहभागिता रहेको थियो । प्रथम टिमले नगद १० हजार, दोस्रो टिमले नगद ५ हजार, तेस्रो टिमले नगद ३ हजार तथा सान्त्वना टिमहरुले नगद २ हजारका दरले पुरस्कृत गरिएको संघका उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।