काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा शनिवार देखि तिन दिन सम्म चलेको नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपालका अग्रिम शैंजुले भारतका एसे एबर भुटिया माथि जित दर्ता गर्दै उपाधि जित्न सफल भएका छन्।
यु ११ उमेर समूहको चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिम शैंजुले सिक्किम चेस एसोसिएसन, भारतका चेस खेलाडी एसे एबर भुटियालाई पराजित गर्न सक्नु नै उपाधि जितको कारण बनेको थियो। यसै समूहमा पाँचौँ चरणको खेल विजेता सँग गुमाउँदा आयोजक पुष्प सदन स्कुलका हार्दिक पन्त ६ अङ्कका साथ दोश्रो स्थान लिन पुगे। भारतका एसे एबर भुटिया टाइब्रेकरमा तेश्रो हुँदै प्रतियोगिताको अन्त्य गरेका छन्।
यसै गरी गोल्डेन पिक हाई स्कुलका आयुष शर्मा र लेबोरोटोरि स्कुलका अंकुर पोखरेल समान ५.५ अङ्क जोडे चौथो र पाँचौँ स्थानमा प्राप्त गरेका छन्। क्रमशः माछापुच्छ्रे आई बोर्डिङ स्कुलका साहस श्रेष्ठ, अन्नपूर्ण स्कुलका अविरल तामाङ, पुष्पसदनका शुभम् बास्कोटा, सिक्किम चेसका यधन्त अग्रवाल, स्वस्ति श्री गुरुकुलका एआईएम आर्नभ अर्याल समान ५ अङ्क जोडेर दसौँ स्थान सम्म उभिन सफल बनेका छन्।
यसै गरी यु १३ छात्र तर्फको प्रतिस्पर्धामा ६.५ अङ्कका साथ सिक्किम चेस एसोसिएसनका निरभ ढकालले पहिलो स्थान हात पारेका छन्। पाठशाला सेकेण्डरि स्कुलका ओस्कार पन्थी ६ अङ्क बनाएर द्वितीय स्थानमा रहे भने समान ६ अङ्क जोडे त्रियोग हाई स्कुलका आभास रिमाल तृतीय स्थानमा रहन सफल भए।
यसै समूहमा अन्नपूर्ण स्कुलका युनिष खड्का ५.५ अङ्क बनाई चौथो भए। ज्ञानोदय बाल बाटिकाका प्रविर केसि, हिमालयन चेस एकेडेमीका सात्त्विक मान तुलाधर, त्रियोगका सम्पन्न बज्राचार्य, श्री जनकल्याण सेकेण्डरिका सोहन श्रेष्ठ, माउन्ट भ्यु स्कुलका सत्यम पाठक र हिमालयन बोर्डिङ स्कुलका गौरव पौडेल समान ५ अङ्क बनाउदै दसौँ सम्म रहे।
यता यु १५ समूहमा भारतका अभनिश प्रधानले उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि उचालेका छन्। सिक्किम चेस एसोसिएसन, भारत वाट प्रतियोगितामा सहभागी भएका विजेता अभनिश प्रधानले सात चरणको खेल खेली अपराजित ७ अङ्क जोडेर च्याम्पियन भएका छन्।
पुष्प सदन बोर्डिङ सेकेण्डरि स्कूलले आयोजना गरेको विद्यालय स्तरिय प्रतियोगिता यसै समूहमा आयोजक स्कुलका सुप्रभ सागर श्रेष्ठ ५.५ अङ्क बनाउदै दोश्रो स्थान हात पारेका छन्। समान ५.५ अङ्क प्रोग्रेसिभ टाइब्रेकर प्वाइन्ट आधारमा मातृभूमि स्कुलका सविद प्रजापति तृतीय हुन पुगे।
यस्तै त्रियोग हाई स्कुलका सइस धिमिरे, संस्कृति अन्तर्राष्ट्रिय स्कुलका स्पर्श सरावगि, अन्नपूर्ण सेकेण्डरिका आयुष बोहरा, पेभेलियन चेस एकेडेमीका कसिभ कार्की, हिल टाउन सेकेण्डरि स्कुलका रसिल महर्जन र हिमालयन चेस एकेडेमीका रिचेन डोमजोन समान ५ अङ्क प्राप्त गर्दै क्रमशः चौथो देखि नवौं स्थान ओगट्न सफल रहे। त्रियोग हाई स्कुलका सक्रित कुइकेल ४.५ अङ्क जोडेर दसौँ भए।
यसैबीच सम्पन्न समापन समारोहमा किर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले विजेता विद्यार्थी खेलाडीहरुलाई आकर्षक ट्रफि, मेडल , प्रमाणपत्र हस्तान्तरण गरेका छन्। मेयर कृष्णमान डंगोलले पुष्प सदन स्कूलको सानो प्रयासमा नै २४७ जना खेलाडी सहभागी रहेको अवगत गराउदै अर्को संस्करण अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् ।
प्रतिक्रिया