ताजा अपडेट »

न्यु लाइट कलेजको पन्ध्रौं साधारणसभा तथा अधिवेशन सम्पन्न

सोमबार, २९ पुस २०८१, २० : ०८
174 Shares
सोमबार, २९ पुस २०८१
174 Shares

बुटवल । रुपन्देहीको  तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ , शंकरनगरमा रहेको न्यु लाइट कलेजको पन्ध्रौं  साधारण सभा तथा अधिवेशन  रुपन्देहीको क्षेत्र  नम्बर ५ का प्रतिनिधि  सभा सदस्य तथा कलेजका पूर्व अध्यक्ष  वासुदेव  घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कलेजका अध्यक्ष  धर्मराज पौडेलको अध्यक्षता तथा कलेजका क्याम्पस  प्रमुख  रमेश ज्ञवालीको सञ्चालनमा सम्पन कार्यक्रममा  सल्लाहकार  ईश्वरचन्द्र पोखरेल , डिल्लीनारायण पाण्डेय,  भगवती बस्याल , नारायण  न्यौपाने   खड्गबहादुर गौतम  लगायतले शुभकामना  मन्तव्य  राखेका थिए । 

साधारण  सभामा अध्यक्ष  धर्मराज पौडेलले  प्रस्तुत  गरेको  सम्पूर्ण  प्रतिवेदन  सर्वसम्मत  रुपले पारित गरिएको  थियो। कार्यक्रममा आफ्नो भनाइ  राख्दै प्रमुख  अतिथि  घिमिरेले  यु लाइट कलेज रुपन्देहीको  माउ शैक्षिक  संस्था  भएकाले यसले गरेका सबै कार्य  अन्य शैक्षिक  संस्थाका लागि अनुकरणीय  रहने विचार व्यक्त गरे ।

कलेजका सल्लाहकार  ईश्वरचन्द्र पोखरेलको संयोजकत्वमा गठित निर्वाचन  मण्डलले नयाँ कार्यसमिति  सर्व सम्मत रुपमा चयन गरेको  छ । कलेज सञ्चालक समितिको अध्यक्षमा धर्मराज पौडेल, सञ्चालकमा डिल्लीनारायण  पाण्डेय, प्राध्यापक  भार्गव धिताल, पूर्णप्रसाद सापकोटा, सुरज पङ्गेनी, दुर्गा पौडेल, नित्यानन्द ज्ञवाली, राजेन्द्र  कुँवर र सदस्य  सचिवमा क्याम्पस  प्रमुख  रमेश  ज्ञवाली निर्वाचित भएका छन् भने लेखासमिति संयोजकमा डिल्लीराम  गैर्हे  र सदस्यमा वीरेन्द्र  राना र कुलबहादुर  भण्डारी  निर्वाचित भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।